२८ कार्तिक २०७८, आईतवार

एजेन्सी । बेल्जियम २०२२ को फिफा विश्वकप फुटबलमा छनोट भएको छ । गएराति भएको खेलमा इस्टोनियालाई ३–१ गोल अन्तरले पराजित गदैइ बेल्जियम विश्कपमा छनोट भएको हो ।

बेल्जियमलाई जित दिलाउनको लागि क्रिस्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गन हाजार्डले गोल गोल गरे । इस्टोनियाका लागि इरिक सोर्गाले गोल गरे ।

जितसँगै बेल्जियमले एक खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो । योसँगै बेल्जियम विश्वकपमा छनोट हुने पाँचौ टोली बनेको छ ।

यसअघि जर्मनी, डेनमार्क, ब्राजिल र विश्वविजेता फ्रान्सले विश्वकपमा स्थान बनाइसकेको छ । आयोजकको नातामा कतार पनि छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV