२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । पछिल्लो समय चीन र श्रीलंकाबीच जैविक मलको गुणस्तरलाई लिएर विवाद बढ्दै गएको छ । श्रीलङ्काले अर्डर गरेको भन्दा न्यून गुणस्तरको मल पठाएको भन्दै अस्वीकार गरेपछि श्रीलंका र चीनबीच विवाद बढेको हो ।

श्रीलङ्काका किसान र कृषि वैज्ञानिकले खेतीबालीमा नोक्सानी पु¥याउने मल पठाएको भन्दै विरोध गर्दै आएका छन् । श्रीलङ्काले चीनको किंग्दाओ कम्पनीबाट ४९ दशमलव ७ मिलियन डलरमा ९९ हजार टन जैविक मल खरिदको सम्झौता गरेको थियो ।

तर, चीनले तर पहिलो पटक नै न्यून गुणस्तरको मल पठाएको भन्दै श्रीलङ्काले अस्वीकार गरेको बताइएको । चीनले पठाएको मलको नमुना जाँच गर्दा बालीलाई हानी गर्ने प्रमाण भेटिएको श्रीलङ्काको कृषि विभागका महानिर्देशक अजंथा डि सिल्भाले बताए ।

त्यसोत, बीबीसीका अजुसार श्रीलङ्काको एक अदालतले पनि चिनियाँ मलबापतको रकम नर्तिन आदेश दिएको छ । तर यसको जवाफमा श्रीलङ्कामा रहेको चिनियाँ दूतावासले बैंकलाई नै कालोसूचीमा राखेको छ ।

यता चिनियाँ कम्पनीले पनि अर्डर अनुसारकै मल पठाइएको दाबी गर्दै उल्टै आठ मिलियन डलरको क्षतिपूर्ति मागेको खबर बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV