२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न आन्दोलनबाट प्राप्त आन्दोलनलाई एकताबद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा किरात राई तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विभिन्न आन्दोलनका कारण नै किरात राईलगायतका समूदायको प्रतिनिधित्व बढेको भन्दै यसलाई संस्थागत गर्न एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक, सामाजिक, आर्थिक लगाएतका अधिकारलाई प्राप्तका गर्नका लागि पनि संगठित हुनुपर्ने धारणा राखे । उनले अहिले मुलुक बिकास र समृद्धिको बाटोमा रहेको भन्दै जनताको जिवमा सकारात्म प्रभाव पार्ने गरि समृद्धिको नारालाई पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको बताए । प्रदेशको नामाङ्करणका बिषयमा आफु बहुपहिचानबाट पछि नहट्ने उनले बताए ।

उनले पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने नेताहरुले जनतालाई धोका दिन नहुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV