२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । भारतीय फुटबलका सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीलाई ‘मेजर ध्यानचन्द खेल रत्न’ पुरस्कार प्रदान गरिएको छ ।

शनिबार एक विशेष कार्यक्रमबीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले छेत्रीलाई भारतको खेल क्षेत्रको सर्वाेच्च पुरस्कार प्रदान गरेका हुन्।

३७ वर्षीय क्षेत्रीले यसअघि पद्मश्री र अर्जुन पुरस्कारद्वारा सम्मानित भइसकेका छन्। भारत राष्ट्रका लागि ८० गोल गरेका क्षेत्री दोस्रो सर्वाधिक गोलकर्ता हुन्।

केही समयअघि सम्पन्न भएको १३औं साफ च्याम्पियनसिपको उपाधि उनकै कप्तानीमा नेपाललाई पराजित गरेर हासिल गरेको थियो ।

मेजर ध्यानचन्द खेल रत्न पुरस्कार लगातार चार वर्ष उत्कृष्ट प्रदर्शन खेलाडलाई दिइँदै आएको छ । पुरस्कारको राशी भारु २५ लाखसहित पदक र प्रमाण पत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV