
काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका उनी मंसिर १ गते काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।
उनी यही कात्तिक २९ मा माल्दिभ्सको राजधानी माले पुग्ने र मंसिर १ गते काठमाडौं आइपुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास हुन ढिलाइ भइरहेका अवस्थामा अमेरिकी सहायक विदेश मन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
काठमाडौंमा रहँदा सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरूसँग भेटघाट गर्ने बताइएको छ ।