२७ कार्तिक २०७८, शनिबार
  • तारा आचार्य,

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले न्यायालयमा राजनैतिक हस्तक्षेप गर्दा गलत सन्देश जाने भएकाले न्यायालयको समस्या न्यायाधीशहरु आफै मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले न्यायालयको समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै अध्यक्ष यादवले एमसीसीलाई राष्ट्रिय हितमा प्रयोग गर्न सहमति आवश्यक रहेको बताए ।

उनले एमसीसीबारे धेरै विवाद आएकाले यसबारे राजनैतिक दलहरुबीच सहमति गर्ने कार्य हुनुपर्ने पार्टीको धारणा रहेको बताए । उनले चौतर्फी बिरोध भइरहे इन्धनको मूल्य बृद्धिको विषयमा सरकारले विचार गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले त्रुटिपूर्ण संविधान कै कारण विभिन्न संवैधानिक निकायहरुमा समस्या देखिएको बताए । उनले अर्को संविधान बनाउने भन्दा पनि संविधान संसोधन गरेर संविधानलाई सच्याउने तर्फ राजनैतिक दलहरु क्रियाशील हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV