२७ कार्तिक २०७८, शनिबार

एजेन्सी । अफगानिस्तानमा बालिकाहरुलाई पनि विद्यालय जाने वातावरण बनाइसकिएको फेरि दाबी गरिएको छ । अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका हुन् ।

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका छ । तर तालिबान सरकारले भने छात्रालाई विद्यालय जान दिएको जनाएको छ । गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकाहरुलाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताहरुले पनि स्विकार गरेका थिए ।

तालिबानले महिलाहरुलाई रोजगारी गर्न नदिने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसंग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएका थिए ।

यो नीतिको विश्वभरीबाट आलोचना र विरोध भएपछि अहिले तालिबान लचक भएको देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV