२७ कार्तिक २०७८, शनिबार
  • महेश पाण्डे,

चितवन । प्रहरीले पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको एउटै घरबाट १ क्वीन्टल ८४ किलो ३५० ग्राम अवैध लागूऔषध चरेश बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डीएसपी इन्द्र बहादुर रानाका अनुसार रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाएर राखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश बरामद गरिएको हो ।

कसैले नचिन्नको लागि च्वानप्रासको बट्टामा शिल गरेर चरेश प्याक गरिएको अवस्थामा फेला पारिएको डीएसपी रानाले जानकारी दिए । उनले रत्ननगर–१५ माधवपुरमा बस्ने उद्धव अधिकारीले स्थानीयबासी विष्णु पन्तको घरलाई गोदामका रुपमा प्रयोग गर्दै उक्त लागू औषध भण्डारण गरेर राखेको पाइएको जानकारी दिए ।

सो गोदाममा १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश भेटिएको रानाको भनाइ छ । उनले सोही चरेश कारोबारमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV