२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ । शनिबार (आज) वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

संगठनको महासचिव भूपराज खड्का, उपाध्यक्षमा प्रकाश खतिवडा, शितल साह, प्रकाश खतिवडा, भवानी कार्की, बुद्धिविर वाहिङ राई, शान्तराम बिडारी, तिर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा, राजेन्द्र कुँवर रहेका छन् ।

त्यस्तै उपमहासचिव तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिवमा सुभाषप्रसाद साह, उत्तरसिंह बिष्ट र गोविन्द चौलागाई रहेका छन् । शनिबार नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV