२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमालेमा रहेका केही नेताहरुको बिजोग भएको तर्क गरेका छन् ।

समाजवादी काभ्रे काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिन्छन् कि भनेर एमालेमा बसेका नेताहरुको बिजोग भएको तर्क गरेका हुन् ।
उनले अहिले पनि एमालेभित्र ओलीले गुट नै चलाइरहेको धारणा पनि राखे । नेपालले केही नेताहरु समाजवादीमा फर्कने क्रम सुरु भइरहेको पनि दाबी गरे ।

पुराना पार्टीसँगै बिद्रोह गरेर बनेको पार्टीमा जनलहर र उत्साह देखिएको उनले बताए । उनले आउने राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति गठबन्धनबीच भएको भन्दै अवको निर्वाचनमा एमालेको पत्तासाफ हुने उल्लेख गरे ।

अबको निर्वाचनमा कलम चिन्हका साथ जनतामाझ जाने र जनताले विश्वास गर्ने उनको भनाइ छ । कार्यक्रममा विभिन्न दलबाट आएका व्यक्तिहरुलाई अध्यक्ष नेपालले समाजवादी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV