२७ कार्तिक २०७८, शनिबार

एजेन्सी । फ्रान्सको राष्ट्रपति कार्यालयमै सैनिकमाथि बलात्कार भएको घटनामाथि अनुसन्धान हुने भएको छ ।

एक महिनाअघि राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रपछि एक सैनिक महिलाले आफूमाथि सहकर्मीले नै बलात्कार गरेको बताएकी थिइन् ।

बीबीसीका अनुसार दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रम भएको थियो । त्यसपछि उनीमाथि उनकै सहकर्मीले उनलाई बलात्कार गरेका थिए ।

उक्त कार्यक्रम बिदा हुन लागेका एक वरिष्ठ अधिकारीका आयोजना गरिएको थियो । सो कार्यक्रममा राष्ट्रपति एमानुएल माक्रोँ पनि सहभागी भएको बताइएको थियो ।

बलात्कार आरोप लागेका सैनिकमाथि सोधपुछ गरिएको भएको भएपनि उनीविरुद्ध कुनै अभयोग लगाइएको नलगाइएको बताइएको छ । यसअघि त्यहाँको समाचार माध्यमहरुले भने बलात्कारबारे समाचार छापेको थियो ।

पीडित भनिएकी महिला र अभियुक्त दुवै जना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारीको कार्यालयमा कार्यरत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV