
काठमाडौं । विश्वकप फुटबल युरोपियन छनौँट अन्तर्गतको खेलमा पोल्यान्ड विजयी भएको छ ।
गएराति समूह ‘इ’ अन्तर्गत भएको खेलमा पोल्यान्डले १० खेलाडीमा समेटिएको घरेलु टोली एन्डोरालाई ४–१ ले पराजित गरेको हो ।
पोल्यान्डको जितमा जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले दुई गोल गरका थिए भने कामिल जोविएक र अर्काडिअस मिलिकले समान एक गोल गरेका थिए ।
एन्डोराका मार्क भालेसले एक गोल फर्काएका थिए । तर एन्डोराका रिकार्ड फर्नान्डेज पहिलो मिनेटमा नै रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टिम १० खेलाडिमा सिमित भएको थियो ।
जितसँगै पोल्यान्डले ९ खेलबाट २० अक जोडेको छ। उता हार बेहोरेको एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
पोल्यान्डलाई विश्वकपमा सोझै छनोट हुनका लागि हंगेरीलाई पराजित पर्नेछ भने शीर्षस्थानको इंग्ल्यान्डले हार्नुपर्नेछ ।