२७ कार्तिक २०७८, शनिबार
  • तारा आचार्य

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश घोषणा गरिने बताउनु भएको छ । प्रदेश सरकारले लिएको लक्ष्य भित्रै बालविवाहमुक्त प्रदेश घोषणा गरिने उहाँले बताउनुभयो ।

अन्र्तराष्ट्रिय बालबालिका दिवसको अवसरमा आज विराटनगरमा साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आयोजना गरेको बाल विवाहमुक्त प्रदेश घोषणा सन् २०२५ लक्ष्य र कार्यन्वयन विषयक अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

मन्त्रालयले सामाजिक संघ संस्थासँगको समन्वयमा १४ वटै जिल्लामा अभियान चलाउने उहाँले बताउनुभयो । बालविवाह मुक्त प्रदेश निर्माणका लागि अघिल्लो सरकारले नीति तथा कार्यक्रम ल्याएपनि अभियान चल्न नसक्नु दुःखत भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले कोभिडका कारण अभियान सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षदेखि अभियानले गति लिएको उहाँले बताउनुभयो । मन्त्रालयले विज्ञ राखेर रणनीतिलाई अन्तिम रुप दिने काम गरिरहेको बरालले बताउनुभयो ।

राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले प्रदेश १ मा बालविवाहको अवस्थामा खासै सुधार हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश १ मा ५१ प्रतिशत बालिकाको उमेर नपुगी विवाह हुने गरेको बताउनुभयो । उहाँले जनचेतना अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इन्सेकका प्रदेश १ का संयोजक सोमराज थापा, राष्ट्रिय मानव अधिकारी आयोग प्रदेश १ की निर्देशक नितु गड्तौला, जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक एन्जिना राई लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV