२६ कार्तिक २०७८, शुक्रबार
  • बाल बिक्रम कार्की,

रौतहट । रौतहट प्रहरीले १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–४ गढवा टोलस्थित गौर–चपुर सडकखण्डको शिवाङ्गी पेट्रोल पम्प अगाडि रोकी राखेको ना६ख ५९४३ नम्बरको ट्रकबाट चेसिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरिएको १२ पोका १ सय ८६ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।

उनका अनुसार ट्रक चालक मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV