२६ कार्तिक २०७८, शुक्रबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश घोषणा गरिने बताएका छन् । प्रदेश सरकारले लिएको लक्ष्य भित्रै बालविवाहमुक्त प्रदेश घोषणा गरिने उनले बताए ।

अन्तर्राष्ट्रिय बालबालिका दिवसको अवसरमा साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आयोजना गरेको बाल विवाहमुक्त प्रदेश घोषणा (सन् २०२५) लक्ष्य र कार्यन्वयन विषयक अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् ।

मन्त्रालयले सामाजिक संघ संस्थासँगको समन्वयमा १४ वटै जिल्लामा अभियान चलाउने उनले बताए । बालविवाह मुक्त प्रदेश निर्माणका लागि अघिल्लो सरकारले नीति तथा कार्यक्रम ल्याएपनि अभियान चल्न नसक्नु दुःखत भएको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दूर्गा भण्डारी बरालले कोभिडका कारण अभियान सञ्चालन गर्न नसकिएको बताए । उनले चालू आर्थिक वर्षदेखि अभियानले गति लिएको बताए । मन्त्रालयले विज्ञ राखेर रणनीतिलाई अन्तिम रुप दिने काम गरिरहेको बरालले बताए ।

राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले प्रदेश १ मा बालविवाहको अवस्थामा खासै सुधार हुन नसकेको बताए । उनले प्रदेश १ मा ५१ प्रतिशत बालिकाको उमेर नपुगी विवाह हुने गरेको बताए । उनले जनचेतना अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा इन्सेकका प्रदेश १ का संयोजक सोमराज थापा, राष्ट्रिय मानव अधिकारी आयोग प्रदेश १ की निर्देशक नितु गड्तौला, जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक एन्जिना राईलगायतले बालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV