
- तारा आचार्य
विराटनगर । विराटनगरमा पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्यासको मुल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
दुई साता समेत नहुदै पुनः पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको विरोधमा उनीहरुले खाली सिलिण्डर सहित प्रदर्शन गरेका थिए । विराटनगरको पाँचालीबाट निस्किएको विरोध जुलुसले महेन्द्र चोकमा पुगेर नाराबाजी गरेको थियो ।
अनेरास्ववियु मोरङले आयोजना गरेको विरोध प्रदर्शनमा विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता गर, दलाल विचौलिया घुसखोर सरकार मुर्दाबाद जस्ता नारा लगाएका थिए ।