२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संसदमा रचनात्मकता प्रदर्शन गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘मैले पनि संसदमा रचनात्मकता प्रदर्शन गर्न सकेको छैन । त्यो गर्ने वातावरण पाएको छैन । वातावरण बनाउन कति सकिन्छ, समन्वयात्मक भूमिका खेल्छु ।’

शुक्रबार (आज) धुलिखेलमा संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदमा रचनात्मक रुपमा प्रदर्शन गर्ने वातावरण नबनेको बताएका हुन् ।

त्यस्तै सभामुख सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खाजेको प्रयासका रूपमा अथ्र्याउदै तत्कालीन अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पको उदाहरण पनि दिएका छन् ।

उनले भनेका छन्, ‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर, सिस्टमले बचायो । तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो । सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’

त्यस्तै उनले ५ पुस (प्रतिनिधिसभा विघटन) देखि २८ असार (दोस्रो पटक संसद पुनस्र्थापना)सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको बताए ।

LIVE TV