
- महेश पाण्डे,
चितवन । चितवनको भरतपुर–४ स्थित दूर्गा मन्दिर नजिकै स्थानीय भीमबहादुर वि.क.को कुटपिटबाट मृत्यु भएको घटनाका आरोपित दुई जनालाई चितवन जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
मृतकका छोरा किसन वि.क.ले आफ्नो ५८ वर्षीय बावुको मृत्यु सोही ठाउँ बस्ने स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटपिटका कारण भएको बताउदै कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
उनको जाहारीपछि सोही मुद्धामा जिल्ला अदालत चितवनले पूर्पक्षका लागि बस्नेत र श्रेष्ठलाई कारागार पठाउन आदेश दिएको हो । गत असोज २८ गते दसैंको नवमीको दिन बिहान भरतपुर–४ स्थित दूर्गा मन्दिर नजिकै भीमबहादुर वि.क.को स्थानीयको कुटपिटबाट विकको मृत्यु भएको परिवारको आरोप लगाएको छ ।
बिकका परिवारले मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीम बहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट गरि बस्नेत र श्रेष्ठले मारेको आरोप लगाएको छ । उता बि.क.लाई दलित भएकै कारण मन्दिर प्रवेशको निहुमा कुटपिट गरि मारेको आरोप दलित अधिकारकर्मीहरुले पनि लगाउने गरेका छन् ।