२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई थप बलियो बनाउनका लागि पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरिएको बताए ।

शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई चूनावसम्म नै बलियो बनाउनका लागि समिति गठन गरिएको बताएका हुन् । उनले समितिले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि नीतिगत सुझाव दिने जानकारी दिए ।

समितिको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी गराउदै अध्यक्ष नेपालले अव गठबन्धनलाई कसैले कमजोर बनाउन नसक्ने धारणा राखे । त्यस्तै उनले आफ्नो पार्टीमा एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरुको संख्या बढेको भन्दै यसले थप उत्साह पैदा गरेको बताए ।

उनले अन्य केही पार्टी नेकपा (एकीकृत समाजवादी) मा समाहित गर्न खाजेको दावी गरे । अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) विरुद्ध कसैले भ्रम सिर्जना गर्न खोजे प्रतिवाद गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV