२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरिएको छ । बिहीबार स्वकीय सचिव र प्रेस संयोजक हेरफेर गरेको सचिवालयले स्वकीय सचिवमा मल्ललाई नियुक्त गरेको छ ।

यसअघि प्रचण्डको सचिवालयमा स्वकीय सचिवका रुपमा जोखबहादुर मल्ल रहेका थिए । उनलाई लुम्बिनी प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

बिहीबार सचिवालयका प्रेस संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका विष्णु सापकोटालाई प्रेस सेन्टर हेर्ने जिम्मेवारी दिइएको छ । तर, नयाँ प्रेस संयोजक कसलाई राख्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

अहिले सचिवालयमा नवनियुक्त स्वकीय सचिव मल्लसँगै प्रचण्डकी छोरी गंगा दाहाल पनि स्वकीय सचिव रहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV