२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले तोकेका सबै इजलास र बन्दी प्रत्यक्षीकरणका दुई मुद्धा पनि न्याायाधीशहरुले बहिष्कार गरेका छन् ।

शुक्रबार सर्वोच्चको मूलगेटमा वकिलहरूको धर्ना छल्दै अर्को ढोकाबाट न्यायालयमा प्रवेश गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार ८ वटा इजलास तोकेका थिए ।

प्रधानन्यायाधीश जबराको राजीमा माग गर्दै धर्नामा बसेका न्यायाधीहरुले राजीनामा नदिएसम्म इजालस अघि बढ्न नदिने भन्दै बहिष्कासर गरेका हुन् ।

यसअघि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको इजलास मात्र बहिष्कार गर्दै आएका थिए। तर, शुक्रबार भने न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि बहिष्कार गर्दै हेरेनन्।

शुक्रबार आठवटा इजलासमा १ सय ३३ मुद्दा तोकिएका थिए। तीमध्ये बन्दी प्रत्यक्षीकरणका दुईवटा मुद्दा थिए।

शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV