२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न ए डिभिजन लिगको टिकट मुल्य तोकेको छ । शुक्रबार (आज) आयोजित एक पत्रकार सम्मेलनमा एन्फाले साधारणतर्फ रु १ सय र भीआईपीतर्फ रु ५ सय टिकट मूल्य तोकिएको जानकारी दिएको हो ।

यसअघि लिगको टिकट मूल्य धेरै राखिएको भन्दै आलोचना भएपछि यसपटक भने एन्फाले टिकटको मूल्यमा कटौती गरेको छ । यस सिजनको ए डिभिजन लिग मंसिर ३ गतेदेखि सुरु हुदैछ ।

त्यस्तै एन्फाले यस सिजनबाट साताको तीन दिनमात्र लिगको खेल सञ्चालन गर्ने जनाइसकेको छ । एन्फाका अनुसार शुक्रबार, शनिबार र आइतबार तीन दिन मात्र खेल सञ्चालन हुनेछ ।

त्यस्तै एन्फाले शुक्रबार र शनिबार साढे ४ बजेपछि लिगका खेल सुरु गर्ने र फ्लड लाइटमा खेलहरु सञ्चालन गरिने जानकारी दिएको छ । पोखरामा समेत लिगका केही खेल लैजाने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV