
एजेन्सी । जर्मनीमा चौथो लहरको कोरोना फैलिएको छ । पछिल्लो २४ घण्टामै ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
महामारी सुरु भएदेखिको यो संख्या अहिलेसम्मकै बढी हो ।
रोबर्ट कोच इन्स्टिच्युट अफ हेल्थ सर्भिलेन्सका अनुसार युरोपेली देशहरुमध्ये जर्मनीमा अहिले कोरोना भाइरस संक्रमण अधिक मात्रामा बढिरहेको छ ।
अस्पतालमा पनि बिरामी भर्नाको संख्या बढिरहेको देखिन्छ । धेरै अस्पतालले आईसियु सबै प्याक रहेको र नयाँ बिरामी भर्ना लिन नसक्ने बताइरहेका छन् ।
कोरोनाको प्रकोप खोप कम लगाइएको स्थानमा फैलिएको छ ।
खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् ।