२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौँ । बहराइनले नेपाललाई कोभिड संक्रमणको खतरा सूचीबाट हटाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर कम हुँदै गएपछि कात्तिक २८ गतेदेखि बहराइनले कोरोना संक्रमणको खतरा सूचीबाट हटाएको हो ।

बहराइनस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार बहराइनले कोराना संक्रमण जोखिमबाट नेपाललाई हटाएसंगै बहराइन जाने नेपाली श्रमिक १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ ।

यसबहराइनले कोरोना संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय यात्रा सम्बन्धी कडाई गर्ने नीति अनुरुप नेपाललाई पनि खतराको सूचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV