२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

शुक्रबार (आज) निगमको केन्द्रीय कार्यालय टेकु पुगेर बिद्यार्थीहरुले नाराबाजी गर्दै घेराउ गरेका हुन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापन–पत्र बुझाएका थिए ।

सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV