२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८ औं एसकेडियुएन बिश्व सोतोकान कराते च्यामिपयनसीपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियललाई संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले अन्तर्राष्ट्रिय बिमानस्थलमा बिहीबार साँझ शुभकामना सहित बिदाई गरेका छन् ।

यही कात्तिक २४ देखि २८ गतेसम्म हुने च्याम्पियनसीपमा संघका उपाध्यक्ष बद्रिबहादुर महतको नेतृत्वमा १ अफिसियल र ८ खेलाडीलाई बिदाई गरिएको हो । संघका अध्यक्ष धिर्ज तामाङ्ग पोर्चुगलमा रहेकाले उतैबाट सर्विया प्रस्थान गर्ने महासचिव श्रेष्ठले जानकारी गराए ।

सर्विया जाने टोलीमा अफिसियलमा विजयलाल श्रेष्ठ, खेलाडीहरु चित्र बहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन बि.क., राजु दनुवार र निक्सन लामा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV