२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणपछि निमाेनिया भएका प्रहरी नायब उपरीक्षक  (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।

उनको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल पानीपाेखरी महाराजगञ्जमा मृत्यु भएको हो । उनी पछिल्लो समय सप्तरी जिल्लाको इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कार्यरत थिए ।

२ पटक कोरोना संक्रमण भएपछि उनको फोक्सोमा निमोनिया देखिएको बताइएको छ । उनको उपचारकै क्रममा निधन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV