२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सर्वोच्च अदालतमा जारी कानुन व्यवसायीहरुको आन्दोलनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् ।

उनले संयमित भएर शान्तिपूर्ण आन्दोलन गर्नदिन प्रहरीलाई पनि आग्रह गरेका छन् । कानुन व्यवसायीहरूले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले बल प्रयोग नगर्न र दमन नगर्न समेत उनले निर्देशन दिएको मन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

हिजोदेखि कानुन व्यवसायीहरूले सर्वोच्च अदालतको मूल गेटमै धर्ना सुरु गरेका छन् । बिहीबार प्रहरीले हस्तक्षेप गरेको थियो । प्रधानन्यायाधीशलाई सर्वोच्चभित्र प्रवेश नै गर्न नदिने आन्दोलनकारीहरुको रणनीति थियो ।

LIVE TV