
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ परेका छन् ।
नेपाल बार एसोसिएसनको आन्दोलनको विरोध गर्दै प्रधानन्याधीशको पक्षमा प्रदर्शन गर्ने तारा बरालसहित पाँच जनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट नियन्त्रणमा लिएको हो ।
शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारी गर्दै धर्ना दिइरहँदा उनीहरू जबराको पक्षमा नाराबाजी गरेका थिए ।
बारका वकिलहरुले प्रधानन्यायधीशलाई अदालत प्रवेशमा बन्देज लगाउने तयारी गरिरहँदा उनीहरु त्यहाँ आएर प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए ।