२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै कालखण्डमा थुप्रै प्रचण्ड बन्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई सम्बोधन गर्दै एकै समयमा थुप्रै प्रचण्ड बन्न नसक्ने जिकिर गर्नुभयो ।

जन्मजात आफू प्रचण्ड नभएको बताउँदै उहाँले आफूलाई जनताले प्रचण्ड बनाएको बताउनुभयो । उहाँले प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन अर्को प्रचण्ड बन्न खोजेको बताउनुभयो ।

‘प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माको त होइन । नेपाली जनताले जन्माएको हो,’ उहाँले भन्नुभयो, ‘तपाईं हामी सबै लडेर निर्माण गरेको हो नि प्रचण्ड भन्ने व्यक्ति होइन ? त्यसैले फेरि एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन् ।

अध्यक्ष प्रचण्डले माक््रस, लेलिन र माओको उदाहारण दिँदै जनता, आन्दोलन, संघर्ष र बलिदानले मात्रै सहि नेतृत्व जन्माउने बताउनुभयो ।

पछिल्लो समय प्रतिकृयावादीहरुले माओवादी सिध्याउन खोजेको पनि आरोप उहाँको छ । तर जनताले त्यसलाई बचाएरै छोड्ने दावी गर्नुभयो ।

LIVE TV