२६ कार्तिक २०७८, शुक्रबार

१) पश्चिमी भारतीय राज्य राजस्थानको पुष्करमा वार्षिकरूपमा हुने पशु मेलामा यसपालि बिहीबार ऊँट गोठालाले ऊँटहरू पार गराइरहेकाे दृश्य । पुष्कर एक लोकप्रिय हिन्दू तीर्थस्थल हाे, जहाँ विदेशी पर्यटकहरू पनि बारम्बार आउँछन् रू याे स्थान पशु मेलाको लागि चर्चित छ । तस्वीर : दीपक शर्मा, एपी

२) अर्लिंग्टन भीए मा रहेकाे ‘एयर फोर्स मेमोरियल’ मा चढ्दै टिम बल, केभिन विल्किन्सन र जोन गोन्जालेस । बिहीबार उनीहरू नियमित निरीक्षणको लागि उक्त स्मारकमा चढिरहेका छन् । तस्वीर  : गेमुनु अमरसिंघे, एपी 

३)  एनआरजी पार्क, ह्युस्टनमा भएकाे एस्ट्रोवर्ल्ड संगीत महोत्सवको पहिलाे दिन शुक्रबार आफ्नाे प्रस्तुति दिँदै चर्चित स्टार ट्राभिस स्कट । कन्सर्ट आयाेजकहरूले हेडलाइनर ट्राभिस स्कट स्टेजमा देखा पर्नुभन्दा पहिले नै हल खचाखच भरिएको र भीड खतरनाक ढंगले बढेकाे बताएका छन् । तस्वीर : एमी ह्यारिस/इनभिजन, एपी

४) स्पेनको ला पाल्माको क्यानरी टापुमा रहेको ज्वालामुखीबाट लाभा बगेर समुद्रमा खसिरहेकाे अवस्थाकाे बिहीबार अवलाेकन गर्दै UME (सैन्य आपतकालीन इकाई) का सदस्यहरू । स्पेनी नौसेनाले ला पाल्माको ज्वालामुखी टापुमा किसानहरूलाई मद्दत गर्न थालेको छ, जाे
समुद्र हुँदै लाभाले घेरिएको ती किसानहरूका केरा-बगैंचासम्म पुग्न प्रयास गरिरहेका छन् । तस्वीर : टेनर ओरिबो, एपी

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV