२६ कार्तिक २०७८, शुक्रबार

एजेन्सी । फिफा विश्वकप छनोट खेलमा जर्मनीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले लिक्टेन्सटाइनलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीलाई सानदार जित दिलाउनको लागि लिरोए साने र थोमस मुलरले समान दुई-दुई गोल गरे भने इल्केए गुन्डोगान, मार्को रिउस र रिड्ले बाकुले समान एक-एक गोल गरे । दुई गोल उपहार पाएको थियो ।

खेलको ११औँ मिनेटमा गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा ड्यानियल कोउफमानले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा २-० को अग्रता लियो ।

२२औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीको अग्रता तेब्बर पारे । त्यसको एक मिनेटपछि मार्को रिउसले गोल गरेपछि जर्मनीले पहिलो हाफमा नै ४-० को अग्रता लियो ।

४९औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई ५-० ले अघि बढा । ७६औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई ६-० को अग्रता दिलाए ।

८०औं मिनेटमा रिड्ले बाकु, ८६औं मिनेटमा मुलरले गोल गर्दै जर्मनीलाई ८-० को अग्रता दिलाए । ८९औं मिनेटमा म्याक्सिमिलियन गोप्पेलले आत्मघाती गोल गरेपछि जर्मनीले ९-० गोल अन्तरले खेल जित्यो ।

जर्मनी यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । यो जितसँगै समूह ‘जे’को मा शीर्षस्थानमा रहेको जर्मनीले ९ खेलबाट २४ अंक जोडेको छ । पराजित लिक्टेन्सटाइन १ अंक जोडेर पुछारमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV