२५ कार्तिक २०७८, बिहीबार
  • सन्तोश पौडेल

खोटाङ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ खोटाङमा पनि १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । सुपरिवेक्षकहरु मार्फत गरिएको अक्सर बसोबास गर्ने घरपरिवार सूचिकरणका आधारमा मुख्य गणना सुरु भएको हो ।

बिहीबार दिक्तेल बजारस्थित भवन गैरामा आयोजित पत्रकार भेटभाट कार्यक्रममा १२ औं राष्ट्रिय जनगणनाका लागि जिल्लामा सम्पूणर् तयारी पूरा भएपछि आजबाट जिल्लाका दशै वटा स्थानीय तहमा जनगणनाका लागि करिब २९० जना गणक घरघरमा खटाइएको छ भने गणकहरुले घरपरिवारमा पुगेर ७० वटा प्रश्न सोध्ने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोइरालाले बताए।

पहिलो चरणमा सुपरिवेक्षकहरुबाट गत भदौ ३० गतेदेखी असोज १८ गते सम्म जिल्लामा ७१ जना सुपरिवेक्षकले जिल्लामा रहेका घर तथा घरपरिवार सूचीकरण गर्ने कार्य सकिसकेको जनगणना अधिकारी कोइरालाले कार्यक्रममा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिए । जिल्लामा ३९ हजारभन्दा बढी घरहरुमा ४१ हजारभन्दा बढी परिवारको बसोबास गर्ने गरेको बताइएको छ ।

आज (बिहीबार) अर्थात कातिक २५ गतेबाटसुरु गरिएको जनगणना आगामी मंसिर ९ गतेसम्म खटिने गणकहरुले भाषादेखि खातासम्मको विवरण लिने गर घरघरमा गणक खटिएका छन् । स्थानीय जनगणनाा कार्यालयका स्थानीय, जनगणना अधिकारीहरु, जिल्ला जनगणना कार्यालय र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको नौ सदस्यीय जिल्ला जनगणना समन्वय समितिले अनुगमन तथा सुपरिवेक्षण गर्ने जनगणना अधिकारी कोइराले जानकारी दिए ।

जनगणनामा खटिएका गणकहरुलाई सहि, सत्य तथ्य विवरण संङ्लनमा सहयोग गर्न जिल्लाका नागरिकलाई आग्रह गरिएको छ । यदि जिल्लामा जनगणना गर्न छुटेमा तत्काल नेपाल सरकार राष्ट्रिय योजना आयोगको केन्द्रिय तथ्याङ्क विभागको ट्रोल फ्री नम्बर ११७८ मा फोन सम्पर्क गरी जानकारी गराउन सक्नुहुने छ ।

नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ। नेपालमा सघीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि २०६८ सालमा जनगणना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV