२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरमा आज जनगणना गरेको छ ।

अध्यक्ष ओलीको उपस्थितिमा श्रीमती राधिका शाक्यको घरमूलीका हैसियतमा सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित निवासमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, अन्य अधिकारी, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित गणकको उपस्थितिमा गणना गरिएको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले महिला घरमूली भएर गणना गराइनु फरक आयाम थपिएको र आजको राष्ट्रिय जनगणनाको शुभारम्भका मुख्य कार्यक्रम सबै सफल भएको जनाए ।

आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय जनगणनाको शुभारम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV