२५ कार्तिक २०७८, बिहीबार

एजेन्सी । अफगानिस्तानको विषयमा पाकिस्तानमा हुन लागेको बैठकमा पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको विषयमा अन्तर्राष्ट्रिय समुदायसंग कुरा गर्नुपर्ने बताएको छ ।

इस्लामावादमा भइरहेको उक्त बैठकमा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तान एकजुट भएर शान्ति, स्थिरता र विकासतर्फ अघि बढ्नुपर्ने, यो बैठकमा सहभागी देशहरूको चाहना रहेको बताएका छन्।

‘ट्रोइका प्लस’ नामले चिनिने यस तीन दिने बैठकमा चीन, रुस र पाकिस्तानका प्रतिनिधि सहभागी छन् । तालिबान सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मोत्ताकी पनि एक प्रतिनिधिमण्डलसंगै यस बैठकमा सहभागी भएका छन् ।

यस बैठकमा पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भने, ूहामी विश्वास गर्छौं कि तालिबान अन्तर्राष्ट्रिय मान्यता चाहन्छ र त्यसैले छलफल चाहन्छ। त्यसैले अन्तर्राष्ट्रिय समुदायले विगतमा भएका गल्तीहरू नदोहोर्याउनु र सकारात्मक कदम चाल्नु महत्त्वपूर्ण छ।

अफगानिस्तानको आर्थिक पतन र गृहयुद्धको सम्भावनालाई रोक्न अन्तर्राष्ट्रिय समुदायले यस देशसंग सकारात्मक सम्बन्ध स्थापना गर्नुपर्ने कुरैशीले बताए ।

हामी केवल अफगानिस्तान भित्र सक्रिय चरमपन्थी तत्वहरूसंग प्रभावकारी रूपमा व्यवहार गर्न र देशमा उत्पन्न हुने नयाँ शरणार्थी संकटलाई रोक्न चाहन्छौं,ू उनले भने।

यसअघि अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानका लागि अमेरिकी विशेष दूत थोमस वेस्टले तालिवानका विदेशमन्त्री र चीन र रुसका राजदूतहरूसँग भेट गर्न यसै हप्ता पाकिस्तान आउने बताएका थिए।

एक पाकिस्तानी सरकारी अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपी समाचार एजेन्सीलाई उनका नयाँ विदेशमन्त्री अमिर खान मुट्टाकीले तालिवान पक्षमा भाग लिने बताएका छन्।

ूबैठकको मुख्य मुद्दा अफगानिस्तानमा मानवीय संकट समाधान गर्ने र त्यहाँ समावेशी सरकार गठन गर्ने सम्भावनाको खोजी गर्नु हो,ू पाकिस्तानी अधिकारीले भने।

तर, पाकिस्तानी विदेशमन्त्रीले ट्विट गरेका तस्विरमा आमिर खान मुट्टाकी देखिँदैनन् ।चीन र रुसले पनि बैठकमा सहभागी हुन अफगानिस्तानमा आफ्ना राजदूत पठाउने कुरा गरेका छन् ।

आफ्नो प्रेस ब्रिफिङमा चिनियाँ विदेशमन्त्री वाङ वेनबिनले भने, ूचीनले अफगानिस्तानमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने सबै अन्तर्राष्ट्रिय प्रयासहरूलाई समर्थन गर्छ र यसमा सबैको सहमति होस् भन्ने चाहन्छ।ू

थोमस वेस्टले आफ्नो भारत भ्रमणका क्रममा बुधबार अफगानिस्तानको मुद्दामा यहाँ हुने क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी नहुने बताएका थिए ।

पाकिस्तान र चीनले उक्त बैठकमा सहभागी हुन अस्वीकार गरेका थिए । बैठकमा रुस, इरान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान, किर्गिस्तान र ताजिकिस्तानका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV