२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । विज्ञापन बोर्डले जनस्वास्थ्यमा असर पार्ने मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थलगायतको विज्ञापन नगर्न अनुरोध गरेको छ । बिहीबार विज्ञापन बोर्डले प्रेस विज्ञप्ती जारी गरेर चाडबाडको समयमा पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएको भन्दै त्यस्ता विज्ञापनहरू तुरुन्त रोक्न र होर्डिङ बोर्ड समेत तत्काल हटाउन अनुरोध गरेको हो ।

बोर्डका अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ४५ को उपदफा १ मा “मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थलगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन” भन्ने व्यवस्था रहेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) मा प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने व्यवस्था रहेको छ ।’

त्यस्तै मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गरेमा कानून बमोजिम कारबाही हुने समेत विज्ञप्ती विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV