२५ कार्तिक २०७८, बिहीबार

डोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातवटै प्रदेशमा ओली प्रवृत्ति समाप्त भएको दाबी गरेका छन् । ओलीले संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू समाप्त गर्न लागको बेला आफूहरुले गठबन्धन गरेर नै भएपनि रोकेको बताउदै उनले मुलुकभर ओली प्रवृत्ति समाप्त हुँदै गएको दाबी गरेका हुन्

बुधबार डोल्पा सदरमुकाम दुनैमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू देशभित्र र बाहिरका प्रतिक्रियावादीलाई गठबन्दन गरेरै परास्त गरिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले मोओवादी र अन्य पार्टीबीच एकताको प्रयास भइरहेका पनि बताए । उपल्लो डोल्पाले युद्धकालदेखि नै माओवादीलाई बुझेको बताउदै उनले उपल्लो डोल्पामा माओवादीप्रतिको धारणा धेरै राम्रो पाएको आफूले महसुस गरेको बताए । उनले माओवादीले जनताको विश्वास बढ्दै गएको भन्दै अब देश माओवादीमय हुने दाबी समेत गरे ।

साथै उनले राष्ट्रको स्वाधीनता, सामाजिक न्याय, जनताको विकास र राष्ट्रिय एकताका लागि सबै पार्टीलाई एकजुट हुन प्रचण्डले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV