२५ कार्तिक २०७८, बिहीबार

गोरखा । गोरखाको अजीरकोट गाउँपालिका ५ चनौटेबाट १५ किलो दुईसय ग्राम लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन्।

प्रहरीका अनुसार बुधबार राती १ः३० बजे ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ पक्राउ परेकी हुन् ।

बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा. २० च ९३३२ नम्बरको जीप चेकजाँच गर्दा उक्त चरेश फेला परेको जनाइएको छ । महिलाले चरेश पहेँलो रङको बोराभित्र पोलिथिन प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याइएका बताइएको छ ।

महिलाविरुद्ध बिहीबार मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरिएको छ। गाडीमा सवार अन्य तीनजनाको भने प्रत्यक्ष संलग्नता नदेखिएको जनाइएको छ । उनीहरुलाई तारेखमा रिहा गरिएको प्रहरीले बताएको छ।

 

LIVE TV