२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

यही कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री पाण्डेले बिहीबार (आज) नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामा र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै कांग्रेस संसदीय दलका सचिव लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जम्कट्टेल र लामाले बिहीबार (आज)नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV