२५ कार्तिक २०७८, बिहीबार

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन्पिङ ऐतिहासिक प्रस्तावु पारित गर्दै आफ्नो स्थान स्थापित गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ‘ऐतिहासिक प्रस्ताव’ पारित गरेको हो।

बीबीसीका अनुसार पार्टीको १०० वर्ष लामो इतिहासको सारांशको रूपमा रहेको उक्त दस्ताबेजमा पार्टीका महत्पूर्ण उपलब्धिहरू र भावी दिशा बारे विषयहरूलाई सम्बोधन गरिएको छ।

पहिलो पटक सन् १९४५मा माओ त्से तुङ् र दोस्रो पटक सन् १९८१मा दङ सिओपिङले यस्तो प्रस्ताव पारित गरेका थिए। पार्टी स्थापना पछि यस्तो प्रस्ताव पारित भएको यो भने तेस्रो पटक हो।

बिहिवार चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रमा उक्त दस्ताबेज पारित गरिएको छ।

यस्तो प्रस्ताव पारित गराउने तेस्रो चिनियाँ नेताका रूपमा यो कदम सीलाई पार्टीका संस्थापक माओ र उनका उत्तराधिकारी दङसंग बराबरीको हैसियत प्रदान गर्न प्रति लक्षित रहेको देखिएको जनाइएको छ ।

LIVE TV