२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता ले, परामादेश सरकार राजीनामा दे लगायतका नारा लगाएका थिए ।

पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गरिएको भन्दै मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV