२५ कार्तिक २०७८, बिहीबार
  • बाल बिक्रम कार्की

रौतहट । पौडी खेल्ने क्रममा रौतहटको पर्यटकीय स्थल नुनथर स्थित बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका ३ हरिहरपुर्र १८ वर्षीय नवराज लामा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

सो कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार बुधबार साथीहरुसँग पिकनिक खान नुनथर आएका ती युवक खाजा खाएपश्चात झोलुङ्गे पुलभन्दा केही मिटर उत्तर बागमती खोला पौडी खेल्न गएकोमा भुमरीमा परेर डुबेका थिए ।

उनका अनुसार डुबेर बेपत्ता भएको लामालाई करिब २५ मिनेटपछि स्थानिय र प्रहरीको सहयोगमा खोलाबाट उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पताल प्रा.लिमा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरिदिएका थिए । लामाको शवलाई पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

सो नदिमा प्रत्येक वर्ष नुनथर घुम्न आउने पर्यटकहरुको पौडी खेल्ने क्रममा मृत्यु हुने घटना घटिरहने हुँदा नुनथर विकास समिति र चन्द्रपुर नगरपालिकाले डुबेको अवस्थामा तत्काल उद्धारको लागि तालिमप्राप्त उद्धारकर्मीको व्यवस्था गर्नुपर्ने स्थानियको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV