२५ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको कार्यक्रममा बोल्दै पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसमा रहेको क्रियाशील सदस्यता विवाद टुगिंएसंगै नेता पौडेलले उम्मेदवारीको घोषणा गरेका हुन् ।

कांग्रेसमा नयाँ पुस्ताको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने पौडेल तेस्रो उम्मेदवार हुन् ।

 

LIVE TV