२५ कार्तिक २०७८, बिहीबार

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्टीको श्रीमान राज कुन्द्रा जमानतपछि पहिलोपटक सार्वजनिक रूपमा बाहिर आएका छन् । उनी पोनोग्राफीको मुद्दामा जेल परेका थिए ।

जेलबाट छुटेका श्रीमान राजसंग पहिलो पटक शिल्पा पनि सार्वजनिक रूपमा बाहिरा आएकी छन् । उनीहरु दुबै जनालाई धर्मशालामा देखिएको जनाइएको छ । पवित्र तीर्थयात्राको क्रममा शिल्पा उनका श्रीमान तथा व्यापारी राजसंग धर्मशालामा देखिएका हुन्।

जुलाई महिना पोनोग्राफी मुद्दामा जेल परेका राजले सेप्टेम्बरमा जमानत पाएका थिए। उनको जमानतपछि शिल्पाले आफ्नो सामाजिक सञ्जालमा घुम्न गएको फोटोहरू हाले पनि राजसंगको कुनै फोटो पोस्ट गरेकी थिइनन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV