२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । चलचित्र ‘बाबरी’को टिम छायांकनका लागि सिक्किम पुगेको छ ।

यो चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरिरहेका छन् । सिक्किममा चलचित्र छायांकन भइरहेको जानकारी यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै दिएकी हुन् ।

चलचित्रको ६० प्रतिशत दृश्यको छायांकन सिक्किममै हुने जनाइएको छ। चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको बताइएको छ । चलचित्र अदितीको होम प्रोडक्सनमै निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV