२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज हुने भएको छ ।

चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता थापाले चलचित्र रिलिज हुने जानकारी दिएका हुन् ।

यो प्रेमकथाको चलचित्रलाई प्रेम दिवसको छेको पारेर रिलिज गर्ने तयारी गरेका थापाले बताएका छन् ।

सुदर्शन थापा र नायिका पूजा शर्माको निर्माणमा तयार भएको यो चलचित्रका सहनिर्माता जन्मजय साम्पाङ राई रहेका छन्।

चलचित्रको मुख्य भूमिकामा नायिका पूजा शर्मा, नायक पल शाहसंगै कलाकारहरु हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको छ ।

सौरभ लामाको छायांकन गरेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको चलचित्रमा सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV