२५ कार्तिक २०७८, बिहीबार

जाकार्ता । इन्डोनेसियामा बिहीबार भूकम्प गएको छ । इन्डोनेसियाको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबेरै भूकम्प गएको हो । भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाइ छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ८ः४५ बजेतिर भूकम्प गएको हो ।

LIVE TV