२५ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । कुमारी बैंक प्रकरणमा ईञ्जिनियर पक्राउ परेपछि नेपाल भ्यालुयर्स एशोसिएशनले मूल्यांकनको काम रोकेको छ ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनामा ईञ्जिनियर पक्राउ गरेपछि नेपाल भ्यालुयर्स एशोसिएशनले मूल्यांकन कार्य रोकेको हो।

एशोशिएसनका वीरगञ्ज च्याप्टरका सदस्यसमेत रहेको डाइनामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजले कुमारी बैंकबाट उपलब्ध गराएको कागजातका आधारमा मूल्यांकन गरेको भएपनि केन्द्रीय अनुसन्धान व्यूरोले ईञ्जिनियरलाई पक्राउ गरेको भन्दै एशोसिएशनले विरोध जनाएको हो ।

अध्यक्ष ऋषि कोइरालाले विज्ञप्ति निकालेर बैंक तथा वित्तिय संस्थाहरूमा मूल्यांकन कार्य बन्द गर्ने घोषणा गरेका छन् । साथै विज्ञेप्ती जारी गरेर ईन्जिनियर पक्राउको विरोधमा आन्दोलनको समेत घोषणा गरिने चेतावनी दिएका छन् ।

गायक अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर बैंकबाट ऋण लिएको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ डाइनामिक कन्सल्टेन्सीका सञ्चालक राजेशकुमार चौरासियासहित ३ जनालाई नियन्त्रणमा थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV