२५ कार्तिक २०७८, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर । भक्तपुरमा राष्ट्रिय जनगणना २०७८ आजबाट शुरु भएको छ । आज भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेको घरबाट जनगणना शुरु गरिएको छ ।

जनगणनाको क्रममा पत्रकारको जिज्ञासामा अध्यक्ष बिजुक्छेले पूँजीवादी देशमा सम्पतीको बिवरण गोप्य राख्ने गरेको बताउँदै सुरक्षाको हिसावले गोप्य राखेको होला भनुभयो । तर समाजवादी देशमा क्रान्तिकै बेलामा सबैको सबै बिवरण लिईसकेको हुन्छ भनु भयो । उहाँले यो जनगणनाले देशको आयात निर्यातको हिसाव किताव राख्नलाई सजिलो हुने पनि बताउँनु भयो ।

अध्यक्ष बिजुक्छेंले गोप्य राख्नु पर्ने सबै दाटाहरु सुरक्षितसाथ गोप्य राख्नु पर्छ भनुहुदै सुरक्षाको हिसावले पनि बाहिर ल्याउन र पठाउन नमिल्ने बताउनुभयो । यस्तो जनगणना सुरक्षाको हिसावले पनि बिदेशीको सहयोगमा नभई आफ्नै स्रोत साधनमा गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै आजै बिहान नगर प्रमुख सुनिल प्रजापतिको घरमा पनि जनगणना गरेको छ । नगर प्रमुख प्रजापतिले राष्ट्रिय जनगणनामा धेरै बिषय समेतेर राष्ट्रिय योजना निर्माणमा राम्रो तेवा पुग्ने बताउनु भयो । उहाँले यस्तो जनगणनाले सबै छेत्रमा अनुसन्धान गर्नेहरुको लागि सजिलो गरिदिने पनि दावी गर्नुभयो ।

भक्तपुर नगरपालिकाले लिएको एक घर एक स्नातक भने लक्ष्यमा पुग्न सकियो की सकिएन भने कुरा मुल्याकन गर्नमा राम्रो सहयोग हुने बताउँनुभयो । उहाँले धेरै प्रश्नहरु भएता पनि गोप्य राख्नु पर्ने नितान्त ब्यक्तिगत कुराहरु गोप्य राख्नु नै राम्रो हुने पनि बताउँनुभयो । उहाँले भनुभयो सबै जातजाती धर्मालम्विहरुले सहि तथ्या विवरण दिई राष्ट्रिय जनगणनालार्य सहयोग गर्न नगरवासीहरुमा अनुरोध गर्नुभयो ।

जनगणना टोलीमा जिल्ला जनगणना अधिकारी पृथ््वी बिजयराज सिजापतिले उहाँहरुलाई जनगणना गर्नुको बिषय र गोप्य राख्नु पर्ने सम्पूर्ण कुरा नितान्त गोप्य रहने बचन दिनुभायो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV