२५ कार्तिक २०७८, बिहीबार
  • जनक बहादुर शाही

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीको पारिवारिक विवरण संकलनसँगै कर्णाली प्रदेशको राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । प्रदेश जनगणना कार्यालयबाट आएको गणकको टोलीले मुख्यमन्त्री शाहीको परिवारिक विवरण संकलन गरेको थियो ।

जनगणनाका लागि तयार गरिएको प्रश्नावली मुख्यमन्त्री शाहीलाई सोधिएको थियो ।‘ बिहीबार पारिवारिक तथा व्यक्तिगत विवरण संकलन कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले नागरिकले दिएको सही तथ्याङ्कले मात्रै योजना तथा कार्यक्रम बनाउन सरकारलाई सहज हुने बताए।

जनगणनाको लागि घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न कर्णालीवासीलाई आग्रह समेत गरेका छन् ।

मुख्यमन्त्री निबासबाट सुरु गरिएको जनगणनाले मानिसको मात्रै होइन् विकासको योजनाको आगामी रणनीति संकलन गरिने तथ्याङ्क पनि हो । त्यसैले सही विवरण टिपाएर कर्णालीको विकास र समृद्धिको लागि सहयोग गरिदिन आम कर्णालीबासीलाई अपील गरेका छन् ।

आजबाट सुरु भई मंसिर ९ गतेसम्म सञ्चालन हुने जनगणनामा प्रत्येक घर–घरमा पुगेर सम्पूर्ण बिबरण संकलनका लागि ८० वटा प्रश्न सोधिने छन्।

यस पटकको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ। मुख्यमन्त्री शाहीले जनगणनाबाट आउने सही तथ्याङ्कको आधारमा सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर सबैले गणकहरुलाई सहयोग गर्नुपर्ने बताए।

घर–घरमा तथ्याङ्क संकलन गर्न आउने गणकहरुलाई आत्मीय व्यवहार गर्न र नागरिकहरुले टिपाएका विवरणहरु गोप्य रहने भएकाले निर्धक्क भएर सही विवरणहरु गणकलाई टिपाउन आग्रह गरेका मुख्यमन्त्री शाहीले आफूले टिपाएका विवरणको गोपनीयता नरहने हो कि भनेर कसैले पनि द्धिविधा लिनु हुँदैन,’ मुख्यमन्त्री शाहीले भने, ‘राज्यको पुर्नसंरचनापछिको यो पहिलो जनगणना भएकाले यस पटकको जनगणनाको खास महत्व रहेको उनले बताए ।

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV